१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Wednesday, 03 July, 2024
२o७८ चैत २४ बिहीबार १६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

१७औँ फेवा नववर्ष सडक महोत्सव चैत ३० देखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार १६:o९:oo

कोरोना महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न चैत ३० देखि फेवा नववर्ष सडक महोत्सव हुने भएको छ। नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गते देखि वैशाख १ सम्म १७औँ फेवा नववर्ष सडक महोत्सव हुने भएको हो।

कोरोना महामारीका कारण दुई वर्ष रोकिएको सडक महोत्सव पोखराको पर्यटन पुनरुत्थानका लागि सडक महोत्सव गर्न लागेको होटेल संघ पोखराका अध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताए। महोत्सवमा एक लाखभन्दा बढी आन्तरिक पर्यटन आउने र ३५ लाख खर्च हुने अनुमान रहेको सुवेदीले बताए।

त्यस्तै, होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न सरकारले बजेटमार्फत केही नीति ल्याए पनि कार्यान्वयन नगरेको बताए। सरकारले नीति ल्याउने, तर काम नगर्ने भएकाले पर्यटन व्यवसायीहरू आफैँ पोखराको पर्यटन प्रवर्द्धन गर्न पोखरा सडक महोत्सव गर्न लागिपरेको उनले बताए।

ad
ad
ad
ad