१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Monday, 01 July, 2024
तिवारी यादव वीरगन्ज
२o७८ चैत २४ बिहीबार १३:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी रसिद छपाएर विद्यार्थी भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार १३:o९:oo

वीरगन्जमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको विद्यार्थी भर्नाको नाममा फर्जी रसिद काटिएको फेलापरेको छ। वीरगन्जनिवासी धर्मेन्द्र मिश्राले क्याम्पसकै नगदी रसिदजस्तो फर्जी रसिद छपाएर विद्यार्थी भर्ना गरेको फेलापरेको हो।

राजनीतिक दलको आडमा मिश्राले विगत लामो समयदेखि क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा बाहिरका विद्यार्थीको भर्ना गरी रकम उठाउँदै आएका छन्। मिश्राले दिएको फर्जी रसिद भए पनि क्याम्पसको आधिकारिक रसिद नभएकाहरूले क्याम्पसमा इन्ट्री नपाएपछि यो घटना बाहिरिएको हो।

प्रशासन शाखाका कर्मचारीहरुरूकै मिलोमतोमा उनले क्याम्पसको जस्तै रसिद छपाएर करिब ८० जनालाई भर्ना गरेको रसिद दिएको स्रोतले जनाएको छ। मास्टर डिग्रीका विद्यार्थीको थेसिस बुझाउनेलाई नगदी रसिद काटेर दिएको र स्नातक तहमा केही विद्यार्थीलाई भर्ना गरेको क्याम्पस स्रोतको दाबी छ।

ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेशप्रसाद चौरसियाले क्याम्पसको रसिद छपाएर भर्ना भएको कुरा जानकारीमा आएको स्वीकार गरेका छन्। चौरसियाले क्याम्पस प्रमुखको संयोजकत्वमा लेखा प्रमुख गुन्जन सिंह र परीक्षा शाखा प्रमुख मोहन यादव सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन्। क्याम्पसको रसिद कसले र किन दुरुपयोग गर्‍याे भन्ने विषयमा समितिले छानबिन गरेपछि सत्यतथ्य जानकारी गराइने उनले बताए ।

ad
ad
ad
ad