१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २३ बुधबार
  • Saturday, 28 September, 2024
सोनी राई सोलुखुम्बु
२o७८ चैत २३ बुधबार o८:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बक्यौता नबुझाउने हेली कम्पनीलाई उडानमा रोक

बेरुजु फर्स्यौट नगरेपछि सगरमाथा निकुञ्जद्वारा ११ हेली कम्पनीको उडानमा रोक लगाउने तयारी

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o७८ चैत २३ बुधबार o८:५७:oo

सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु रकम फर्स्यौट नगर्ने हेलिकोप्टर कम्पनीलाई निकुञ्ज क्षेत्रमा उडान–अवतरणमा रोक लगाउने भएको छ ।  पटक–पटक ताकेता गर्दासमेत ११ वटा हेलिकोप्टर कम्पनीले अवैध उडान–अवतरणको बेरुजु रकम फर्स्यौट नगरेपछि निकुञ्जले उडान नै रोक लगाउने तयारी गरेको हो । 

निकुञ्ज क्षेत्रभित्र ल्यान्डिङ गरेबापतको दुई आर्थिक वर्षदेखिको बक्यौता बुझाउन हेलिकोप्टर कम्पनीले अटेरी गरेका छन् । कम्पनीहरूले आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ को करिब सवा करोड शुल्क बुझाउन बाँकी छ । सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको अध्यक्षतामा बसेको जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकले उडान–अवतरणमा रोक लगाउने निर्णय गरेको हो । 

बैठकले रकम दाखिलाका लागि ताकेता गर्ने र ताकेता गरेपछि पनि दायरामा नआए प्रवेशमा रोक लगाउने निर्णय गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताए ।

  निकुञ्जका अनुसार कैलाश एयरले आव ०७५/७६ को आठ लाख ६१ हजार बुझाउन बाँकी छ । त्यस्तै, सिम्रिकको १८ लाख तीन हजार, एभरेस्ट हेलीको १३ लाख ८६ हजार, माउन्टेनले सात लाख ४१ हजार र डाइनेस्टीले सात लाख २९ हजार बुझाउन बाँकी रहेको निकुञ्जको तथ्यांक छ । अन्य सात कम्पनीहरूको भने चार लाखभन्दा मुनि बक्यौता रकम रहेको निकुञ्जले जनाएको छ । तर, हेलिकोप्टर कम्पनीहरूले राजस्व बुझाउन बाँकी नरहेको बताउँदै आएका छन् ।