१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २२ मंगलबार
  • Saturday, 29 June, 2024
गणेश लम्साल विराटनगर
२o७८ चैत २२ मंगलबार १५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रदेश डिजिटल संस्करण

प्रदेश १ खेलकुद बोर्डको उपाध्यक्षमा कार्की र सदस्यसचिवमा वाग्ले नियुक्त

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ चैत २२ मंगलबार १५:५५:oo

प्रदेश १ को खेलकुद विकास बोर्डको उपाध्यक्षमा जिनाजंग कार्की र सदस्यसचिवमा हंसराज वाग्ले नियुक्त भएका छन्। मंगलबार  बसेको प्रदेश १ मन्त्रिपरिषद्को बैठकले बोर्डको उपाध्यक्षमा मोरङ विराटनगरकी कार्की र सदस्यसचिवमा ओखलढुंगाका वाग्लेलाई नियुक्त गरको प्रदेश १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए।

नियुक्त भएकी कार्की विराटनगर बसेर उद्घोषण र कला क्षेत्रमा संलग्न थिइन् भने वाग्ले मेनपावर व्यवसायी हुन्। पाँचदलीय गठबन्धनका मुख्यमन्त्री राजेन्द्रकुमार राईले बोर्डका पूर्वउपाध्यक्ष बाबा मोयाङ्बो र सदस्यसचिव पर्शुराम बस्नेतलाई २१ चैतमा बर्खास्त गरेका थिए ।

तत्कालीन एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले नियुक्त गरेका उपाध्यक्ष मोयाङ्बो र बस्नेतलाई खेलकुद बोर्डको पदाधिकारीमा अयोग्य रहेको र काम चित्तबुझ्दो नभएको भन्दै वर्तमान पाँचदलीय गठबन्धन सरकारले बर्खास्त गरेको हो।

ad
ad
ad
ad