मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २२ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २२ मंगलबार १२:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको बैठकमा नाराबाजी (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २२ मंगलबार १२:३७:oo

निर्वाचन आचारसंहिता कार्यान्वयनबारे छलफल गर्न बोलाएको बैठकमा नाराबाजी भएको छ। आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएको भन्दै साना दलका नेताहरूले विरोध जनाएका हुन्। आयोगले आज आचारसंहिताबारे छलफल गर्न ७९ दललाई बोलाएको थियो।

आचारसंहिताबारे छलफल नगरी हस्ताक्षर गर्न आयोगले दबाब दिएको नेपाली जनता दलका अध्यक्ष हरिचरण शाहले बताए। ‘ल्याप्चे मात्र लगाउने भए पत्र घरघरमा पठाएको भए हुन्थ्यो,’ उनले भने, ‘दलका अध्यक्षलाई बोल्न नदिने भए छलफलमा किन बोलाउने ?’

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले हेलिकोप्टर प्रयोगबारे प्रश्न उठाएका थिए। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विवाद नगर्न आग्रह गरे पनि साना दलका नेताहरूले आयोगले सिन्डिकेट लगाएको भन्दै विरोध गरेका थिए।