Skip This
नेपाल लाइफको लाभांश पारित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २२ मंगलबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २२ मंगलबार o९:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २२ मंगलबार o९:१८:oo

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश वितरण प्रस्ताव पारित भएको छ । कम्पनीको २१औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  

बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी आठ अर्ब २० करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । चुक्ता पुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक रहेको कम्पनीको दाबी छ । साधारणसभामा अध्यक्ष गोविन्दलाल संघईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आव ०७६/७७ मा कम्पनीले कुल बिमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गर्न सफल भएको जानकारी दिए । २१ वर्षमा जीवन बिमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग गर्ने उनको भनाइ थियो । 

सभामा कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बिमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरूमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए । सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पुँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकाले देशका विभिन्न सहरहरूमा दीर्घकालीन पुँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको उनको भनाइ थियो । 

साधारणसभाले चारजना नयाँ सञ्चालकको निर्विरोध चयन गरेको छ । गोविन्दलाल संघई, कमलेशकुमार अग्रवाल, विवेक अग्रवाल र शक्तिकुमार गोल्यान निर्विरोध सञ्चालकमा चयन भएका हुन् । साधारणसभापछि बसेको सञ्चालक समितिको ३३६औँ बैठकले नवनिर्वाचित सञ्चालक गोविन्दलाल संघईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको कम्पनीले जनाएको छ । 
 

ad
ad
ad
ad