जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनीसमक्ष १६९ रनको लक्ष्य पेस गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार जारी खेलमा नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीको मद्दतबाट निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार पारेको हो ।
नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरिले ३८ बलमा ५४ रन बनाएका थिए । मोहम्मद अदिम आलम १६औँ ओभरको अन्तिम बलमा आउट भएपछि क्रिजमा आएका करन केसीले विस्फोटक ब्याटिङ गर्दै १२ बलमा ३३ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो ।