१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २० आइतबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २० आइतबार १८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकामा एकैदिन १६ लाख लिटर पेट्रोलको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २० आइतबार १८:o५:oo

काठमाडौं उपत्यकामा आइतबार एकैदिन १६ लाख लिटर (१६ सय किलो लिटर) पेट्रोलको माग भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारदेखि पेट्रोलियम ढुवानीमा भएको अवरोधका कारण माग ह्वात्तै बढेको हो। 

अहिले काठमाडौं उपत्यकाका पेट्रोल तथा डिजेल पम्पहरूमा मोटरसाइकल र चारपांग्रे सवारीसाधनको लाइन लागेको छ। शुक्रबार र शनिबार व्यवसायीले आन्दोलन गरेका कारण सीमित पम्पहरू मात्रै पेट्रोलियम वितरण गरेका थिए। 

व्यवसायीले ढुवानी भने ठप्प पारेका थिए। निगमसँग शनिबार वार्ता भएपछि व्यवसायीले ढुवानी गर्न थालेका छन्। तर उपत्यकाका पम्पहरूमा वितरण प्रणालीमा सहज हुन १/२ दिन लाग्ने निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए। 

उनका अनुसार आइतबार डिजेलको माग पनि बढेको छ। करिब १२ लाख लिटर डिजेल माग भएको छ। सामान्य अवस्थामा उपत्यकामा पेट्रोल ६ सय किलोलिटर र  डिजेल ९–११ सय किलोलिटर खपत हुने गरेको छ। 
 

ad
ad
ad
ad