मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ चैत २० आइतबार १६:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेशस्तरीय सहकारी दर्ता कार्यालय स्थापना 

Read Time : < 1 मिनेट
२०७८ चैत २० आइतबार १६:२१:००

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५औँ सहकारी दिवसको अवसरमा  आइतबार कार्यक्रम गरी राप्ती गाउँपालिकाको मौरीघाटमा उक्त कार्यालय स्थापना गरिएको हो । प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रदेशस्तरीय सहकारी दर्ता, अनुगमन, नियमनलगायतका कार्य गर्न उक्त कार्यालय स्थापना गरिएको बताए । यसअघि मन्त्रालयले नै गर्दै आएको उक्त कार्य अब सोही कार्यालयबाट हुने  बताइएको छ । 

केन्द्र सरकारले केन्द्रीयस्तर, प्रदेशले प्रदेशस्तरका र स्थानीय तहले स्थानीयस्तरका सहकारी संस्थाहरूलाई हेरिरहेको भन्दै सोहीअनुसार लुम्बिनी प्रदेशस्तरीय सहकारी संस्था दर्ता, नियमन, अनुगमनलगायतका कार्य गर्न उक्त कार्यालय स्थापना गरिएको प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बताए । अझै पनि सहकारी व्यवस्थित हुन नसकेको भन्दै त्यसलाई व्यवस्थित गर्न उक्त कार्यालयको भूमिका महत्वपूर्ण हुने उनले बताए । सहकारीलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ छ । 

अनुगमनको पाटोलाई व्यवस्थित बनाउनसमेत कार्यालयका कर्मचारीहरूलाई मन्त्री खड्काले निर्देशनसमेत दिए । उनले प्रदेशको बर्खे अधिवेशन दाङबाटै सञ्चालन गर्ने तयारी भइरहेको बताए । छिट्टै प्रदेशस्तरीय कार्यालय देउखुरी सार्ने तयरी भइरहेको उनको भनाइ छ ।  कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री विमलाकुमारी खत्री (वली)ले प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालयले प्रदेशस्तरीय सहकारी सञ्चालन गर्न सहजता हुने धारणा राखिन् ।