मकवानपुरको पश्चिमी क्षेत्र मनहरीका युवा गोविन्द बर्तौलाले ‘जीवन धराप भो’ बोलको लोकगीत सार्वजनिक गरेका छन्। अमृत नेपालीको शब्द, रामकुमार नेपालीको संगीत रहेको गीतमा बर्तौला र आशा केसीको स्वर रहेको छ ।
सानैदेखि लोकगीतमा रुचि भएका बर्तौलाले ‘जीवन धराप भो, छाला राम्रो हुनेको चाला खराब भो’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् । बर्तौैलाको गीत भारती पिक्चर्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
मान्छेलाई बाहिरबाट हेर्दा जति सुन्दर देखे पनि उसको चरित्र त्यस्तो हुन नसक्ने भन्ने सन्देश आफ्नो गीतमा रहेको गायक बर्तौलाको भनाइ छ । विभिन्न सार्वजनिक कार्यक्रम, स्टेज साेहरूमा आफ्नो लोकगायन कला प्रस्तुत गर्दै आएका बर्तौलाले लोकगीतको एल्बम बजारमा ल्याउन पाउँदा खुसी लागेको बताउँछन् ।