१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १९ शनिबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत १९ शनिबार १७:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादीले जितेको ठाउँमा मात्रै राम्रो काम भएको छ : प्रचण्ड(भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत १९ शनिबार १७:o४:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको केन्द्रीय देखाएको बताए ।  

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै राम्रो काम भएको तर अन्य सयौँ स्थानीय तहमा कामै नभएको जिकिर गरे ।

अध्यक्ष प्रचण्डले  प्रदेश र संघमा आफ्नो पार्टीको नेतृत्व नहुँदा सधैँ समस्या आउने गरेको बताए । उनले भने,  ‘देशभरि, जहाँ स्थानीय तहको निर्वाचन हुँदै छ । अस्ति मात्रै हाम्रो एउटा संवैधानिक समितिले कहाँ–कहाँ राम्रो काम भयो भनेर स्थानीय पालिकाहरू हेर्दा पाँचवटा श्रेष्ठ काम भएको मध्ये ३ वटा त माओवादी केन्द्रले जितेकोमा मात्रै भयो । अरू तेत्रा सयौँ छन, त्यहाँ चाहिँ राम्रो काम भएन भन्ने रिपोर्ट आयो । महानगरपालिका छ । भरतपुर महानगरपालिकामा सुशासन, विकास र समृद्धिको एउटा नयाँ मोडल छ भन्ने रिपोर्ट आयो । सबैतिर त्यस्तो भएन । तर प्रदेश र संघमा माओवादीको नेतृत्व नहुँदा एउटा अन्तरविरोध, कन्ट्रोभर्सी जहिले पनि भएको छ ।’

अध्यक्ष प्रचण्डले परिवर्तनको नेतृत्व आफ्नो पार्टीले गर्ने तर त्यसलाई सम्हालेर देशको नेतृत्व गर्न नपाउँदा मुलुकमा फेरि पनि परिवर्तन खतरामा पार्ने अवस्थामा आएको बताए। उनले परिवर्तनको पक्षमा उभिएकै कारण भूतपूर्व गोर्खा सैनिकहरूले आफ्नो पार्टीलाई रोजेको भन्दै धन्यवाद दिए । अध्यक्ष प्रचण्डले भूतपूर्व गोर्खा सैनिकहरूको समस्या आफूलाई राम्रोसँग थाहा भएको भन्दै समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने आश्वासन पनि दिए । 

ad
ad
ad
ad