कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिइएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भ्रमणका लागि आज भारत गएका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य गृहमन्त्री खाणले गर्नेछन्।