१२औँ संस्करणको जगदम्बा जितपुरसिमरा गोल्डकपअन्तर्गत बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा विभागीय टिम नेपाल एपिएफ क्लब र बागमती युवा क्लब सर्लाही भिड्दै छन्। सिमरा रंगशालामा साझ ५ः३० बजेपछि दुवै टिम फाइनल प्रवेशका लागि भिड्न लागेका हुन्।
दुई टिमबीचको विजेताले उपाधिका लागि शनिबार न्युरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ। आयोजक नवजनजागृति युवा क्लबलाई सेमिफाइनलमा पराजित गर्दै एनआरटी अन्तिम दुईमा प्रवेश गरिसकेको छ। प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।