१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत १७ बिहीबार १४:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

फोहोरको डंगुरमा सालनालसहितको नवजात शिशुको शव फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत १७ बिहीबार १४:३७:oo

काठमाडौंको मैतीदेवीमा सालनालसहितको शिशुको शव फेला परेको छ । काठमाडौं महानगरपालिका– ३० मैतीदेवीस्थित धोबीखोला करिडोर सडकखण्डको छेउमा थुपारिएको फोहाेरको डंगुरमा सालनालसहितको नवजात शिशुको शव फेला परेको हो । महानगरीय प्रहरी वृत्त, मालीगाउँबाट खटिएको प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीद्वारा  रितपूर्वकको शव जाँच प्रकृति मुचुल्का उठाएर शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त, मालीगाउँबाट थप अनुसन्धान भइरहेको छ ।

ad
ad
ad
ad