१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Saturday, 28 September, 2024
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल नगर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १७ बिहीबार १३:o१:oo

सत्तागठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। 

स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूले गठबन्धन दलबीच मात्र चुनावी तालमेल गर्ने सहमतिसमेत गरेको छ। यस्तै, महानगरपालिकाको विषय केन्द्रबाट र अन्य ठाउँको तालमेलको विषय स्थानीय स्तरबाट टुंगो लगाउने सहमति पनि गठबन्धनमा भएको छ।