१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Wednesday, 26 June, 2024
सोनी राई सोलुखुम्बु
२o७८ चैत १७ बिहीबार ११:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मादकपदार्थ सेवन गरेका श्रीमानद्वारा श्रीमतीको हत्या

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o७८ चैत १७ बिहीबार ११:२५:oo

सोलुखुम्बुमा मादकपदार्थ सेवन गरेका श्रीमानले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको माप्य दूधकोसी गाउँपालिका– ४ का अन्दाजी ४० वर्षीय चन्द्र राईले श्रीमती अन्दाजी ३२ वर्षीया मनिला राईको हत्या गरेका हुन्।

घरायसी विवाद हुँदा मादकपदार्थ सेवन गरेका चन्द्रले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए। श्रीमतीको दुवै हात काटेको, टाउको र गालामा खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए।

घटना बुधबार साँझ करिब ७ बजे भएको बताइएको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ भने हत्यामा संलग्न चन्द्र राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad
ad
ad
ad