मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १५ मंगलबार १४:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १५ मंगलबार १४:३०:००

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तिलप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। मंगलबार उनको संसदीय सुनुवाइ भएको थियो। न्यायपरिषद् बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो।

फागुन २६ मा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। संविधानको धारा १२९ को उपधारा (२) मा न्यायपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने व्यवस्था रहेको छ।

संसदीय सुनुवाइ समितिमा उनले अदालतमा हुने विसंगति रोक्न स्वतन्त्र आयोग आवश्यक रहेको बताएका थिए।