मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १५ मंगलबार
  • Thursday, 19 December, 2024
२o७८ चैत १५ मंगलबार १o:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीद्वारा भर्चुअल सालिक अनावरण र बिपी स्मृति भवन उद्घाटन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १५ मंगलबार १o:५८:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले मुगुको सदरमुकाम गमगढीमा नवनिर्मित सालिक र बिपी स्मृति भवनको भर्चुअल माध्यमबाट अनावरण र उद्घाटन गरेका छन् । छायाँनाथ रारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकामस्थित अदालतचोकमा निर्मित स्वर्गीय बखतबहादुर शाहीको अर्धकद सालिकको अनावरण र बिपी स्मृति भवनको  प्रधानमन्त्री  देउवाले सोमबार भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । 

भर्चुअल माध्यमबाट सञ्चालित अनावरण तथा उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाले दूरदराजबाट प्रजातन्त्रका लागि लडेको र पहिलो मुगु जिल्ला विकास समिति सभापति तथा नेपाली कांग्रेस मुगुका तत्कालीन पार्टी सभापति स्वर्गीय बखतबहादुर शाहीलाई सम्मान गर्दै सालिक बनाएकाले आफूसहित सिंगो कांग्रेस  खुसी  भएको र सहिदप्रति सच्चा सम्मान भएको बताए ।  

नगरपालिकाकै सहयोगमा नवनिर्मित दुईतले बिपी स्मृति भवनबाट बिपीले देखेको समाजवादको सपना मुगु कांग्रेसले सफल बनाउन कार्य गर्नेसमेत आफूले विश्वास लिएको प्रधानमन्त्रीको भनाइ छ । 

सालिक अनावरण गरिएका स्वर्गीय बखतबहादुर शाहीलाई ०५८ साल माघ ३ गते राति घरमा खाना खाइरहेका वेला तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीका कार्यकताले गोली हानी हत्या गरेका थिए । अनावरित सालिक ६ लाख ५० हजार र बिपी स्मृति भवन श्रमदानसहित करिब एक करोड लागतमा निर्माण सम्पन्न भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।