१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १५ मंगलबार
  • Wednesday, 03 July, 2024
डिलाराम भुसाल नयाँ पत्रिका
२o७८ चैत १५ मंगलबार o७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

संघीय सांसद गुप्ता एमाले प्रवेश

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७८ चैत १५ मंगलबार o७:१२:oo

प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । कपिलवस्तु सदरमुकाम तौलिहवामा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतले उनीहरूलाई स्वागत गरे ।

प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष सुदीप पौडेल, ४ का रवीन्द्र त्रिपाठी, १२ का ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका–६ का वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका–८ का वडाध्यक्ष शहबुद्धिन मुसलमान एमाले प्रवेश गरे । यस्तै, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनालप्रताप शाहलगायत हजारौँ कार्यकर्ता एमाले प्रवेश गरेको जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिए । प्रतिनिधिसभाको गत निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेका गुप्ताले सूर्य चुनावचिह्न लिएर लडेका थिए । 

सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतिका लागि हुने बताए । एमालेले जिते मात्र राष्ट्र समृद्ध भई शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासले मुलुकमा परिवर्तन आउने भन्दै उनले एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने दाबी गरे ।

प्रमुख सत्तारूढ दल कांग्रेसप्रति लक्षित गर्दै ओलीले भने, ‘जमानाको बलियो साँढे एमालेसँग एक्लै लड्न नसकेर अहिले बैसाखी खोज्दै छ ।’ तर, जो जो मिलेर आए पनि एमालेलाई कसैले हराउन नसक्ने ओलीको दाबी थियो । 

ad
ad
ad
ad