१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गलत प्रवृत्तिका व्यक्तिसँग पार्टी एकीकरण गरेर गम्भीर त्रुटि भयो : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:५३:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विगतमा गलत प्रवृत्तिका व्यक्तिसँग पार्टी सम्झौता गरेकै कारण राजनीतिमा गम्भीर त्रुटि भएको बताएका छन्। वीरगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन्।

थापाले संविधान जारी भएपश्चात् पार्टीलाई ठूलो बनाउने महत्वकांक्षाका कारण गलत व्यक्तिसँग मिलेर राष्ट्रिय राजनीतिमा भूमिकाविहीन र महत्वहीन अवस्थामा पुगेको बताए। विगतको राजनीतिलाई सच्याउँदै पाँच वर्षपश्चात् अब राप्रपा नेपाललाई पुनः जागृत गरेर जनतामा जान लागिएको उनले बताए।

०७० सालको निर्वाचनपश्चात् नेपाली कांग्रेस र एमालेपछि राप्रपा नेपाल तेस्रो ठूलो दलको रूपमा देखापरेको बताउँदै विगतको कमजोरी सच्याएर अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले ०६३ सालको राजनीतिक परिवर्तनपश्चात् नेपालको राष्ट्रिय राजनीतिमा अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर राप्रपा नेपालको स्थापना भएको बताए।

विगतमा राजतन्त्र फर्काउने एजेन्डा बोकेर हिँडेको राप्रपा नेपालले अब उक्त एजेन्डा छाडेर पार्टीलाई अगाडि बढाउने पनि थापाले स्पष्ट पारेका छन्। एकीकरण गरेर बनेको राप्रपाभन्दा राप्रपा नेपाल राष्ट्रिय राजनीतिको वैकल्पिक शक्तिको रूपमा अगाडि बढ्ने उनको दाबी छ।

ad
ad