मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ चैत १२ शनिबार १६:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधुवनको ढोढरी स्वास्थ्यचौकीमा निःशुल्क प्रयोगशाला सेवा

Read Time : < 1 मिनेट
२०७८ चैत १२ शनिबार १६:३६:००

बर्दियाको मधुवन नगरपालिकाले स्वास्थ्य संस्थामा निःशुल्क प्रयोगशाला सेवा दिने घोषणा गरेको छ । नगरपालिकाको वडा नम्बर ४ मा रहेको ढोढरी स्वास्थ्यचौकीमा प्रयोगशाला चेक जाँच पूर्ण रूपमा निःशुल्क गरिएको हो।

स्वास्थ्यचौकीबाट हुने २० प्रकारका परीक्षण निःशुल्क गरिने घोषणा गरिएको छ। स्वास्थ्यचौकीमा आउने सबै बिरामीको रगत, दिसा र पिसाब जाँच गर्दा अब कुनै पनि शुल्क लिइनेछैन। यसअघि प्रयोगशालामा रोग चेकजाँचका आधारमा २५ रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म शुल्क लाग्थ्यो ।

मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर केसीले अबदेखि ढोढरी स्वास्थ्यचौकीमा सबै गरिब दुःखीहरूले निःशुल्क र सहज तरिकाले रगत, दिसापिसाब चेक जाँच गर्न पाउने बताए । उनले भने, ‘निःशुल्क प्रयोगशाला घोषणा गरिएको यो पहिलो स्वास्थ्यचौकी हो। अरू तीनवटा स्वास्थ्यचौकीमा पनि प्रयोगशाला सेवा निःशुल्क गर्ने तयारीमा छौँ ।’ उनले निर्वाचनमा स्वास्थ्य, शिक्षा, सडक, कृषि र पशुपालन व्यवस्थित गर्ने प्रतिबद्धता गरेको र  सोहीअनुरूप स्वास्थ्यलाई सर्वसुलभ बनाउनका लागि प्रयोगशाला निःशुल्क गरिएको बताए । 

प्रयोगशाला सेवा निःशुल्क भएपछि ढोढरीवासीहरू खुसी भएका छन्। मधुवन नगरपालिका–४ का हरिहर चौधरीले  स्थानीय सरकारबाट जनताले पाउनुपर्ने वास्तविक सुविधाको सुरुवात भएको बताए। उनले भने, ‘यो सेवाबाट जनताले प्रत्यक्ष लाभ उठाउनेछन्, यस्तै अरू योजना पनि ल्याउनुपर्छ।’ प्रयोगशाला निःशुल्क भएपछि स्वास्थ्यचौकीमा सेवा लिनेको संख्यामा उच्च वृद्धि हुने अपेक्षा राखिएको छ।