१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १२ शनिबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत १२ शनिबार १५:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सबै पार्टीले गठबन्धन गरे पनि एमालेले चुनाव जित्छ : ओली  (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत १२ शनिबार १५:३५:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीले गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने ठोकुवा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टी एकमुष्ठ रूपमा आए पनि एमालेले एक्लै चुनाव लडेर जित्ने ठोकुवा गरेका हुन् । 

‘पाँचवटा होइन, जति दर्ता भएका पार्टीहरू छन्, सबै एकमुष्ठ भएर आए पनि केही फरक पर्दैन । नेकपा एमालेले एक्लै चुनाव लड्न सक्छ । जित्न सक्छ’, ओलीले भने । 
अध्यक्ष ओलीले अन्य पार्टीहरू एमालेसँग डराएर एमालेविरुद्धमा लागिरहेको दाबी गरे । उनले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको बताए । 
 

ad
ad
ad
ad