१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ११ शुक्रबार
  • Sunday, 29 September, 2024
सौरभ यादव राजविराज
२o७८ चैत ११ शुक्रबार १७:५o:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राजविराज मेयर्स कप : किंग्स राजविराज र तिलाठी कोइलाडी जायन्ट्स विजयी

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७८ चैत ११ शुक्रबार १७:५o:oo

सप्तरीको राजविराजमा जारी चौथो संस्करणको राजविराज मेयर्स कप सप्तरी प्रिमियर लिगअन्तर्गत दोस्राे दिन सम्पन्न दुई खेलमा टिभिएस किंग्स राजविराज र तिलाठी कोइलाडी जायन्ट्स विजयी भएका छन्।

पहिलो खेलमा महबुब आलमको कप्तानीमा रहेको किंग्स राजविराजले रोहितकुमार सिंह कप्तानीको राजविराज–द किंग्सलाई ३ विकेटले पराजित गर्यो। राजविराज द किंग्सले दिएको १२१ रनको लक्ष्य किंग्स राजविराजले १८.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।

किंग्सको जितमा कप्तान महबुब आलमले सर्वाधिक ५४ रनको योगदान दिए। प्लेयर अफ द म्याचसमेत घोषित भएका आलमले  ३१ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। पप्पु यादवले ११ रन योगदान दिए। ३१ रनमा ४ विकेट गुमेको अवस्थामा आलमले पप्पु यादवसंग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। 
राजविराज द किंगको बलिंगमा अनिल यादव र रुपेश कुमार सिंहले २/२ विकेट तथा फिर्दोश अन्सारी र चित्रबहादुर बिस्टले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको राजविराज द किंग्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १२० रन बनाएको थियो। उसको लागि नन्दन यादवले सर्वाधिक ३० रन, फिर्दोश अन्सारीले २२ तथा रुपेश कुमार सिंहले ११ रनको योगदान दिए।

किंग्स राजविराजका बलर भुलावन सहानीले सर्वाधिक ३ विकेट, मनिष मण्डल र महबुब आलमले समान २ विकेट तथा विशाल सुश्लिंग र पप्पु यादवले समान १ विकेट लिए।

आजको दोश्रो खेलमा तिलाठी कोइलाडी जायन्ट्सले बजाज खडक वारियर्सलाई २ विकेटले पराजित गर्यो। रोमान्चक खेलमा खडक वारियर्सले दिएको २०१ रनको लक्ष्य तिलाठी कोइलाडीले २ बल बाँकी रहंदा ८ विकेटको क्षतीमा भेट्टायो।

तिलाठी कोइलाडीको जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ६८ रन बनाए जुन क्रममा उनले ४० बलमा ४ चौका र ७ छक्का प्रहार गरे। धमला खेलको प्लेयर अफ द म्याच घोषित भए। यस्तै भुवन कार्कीले ३०, बिकास दासले २०, रोहन विश्वकर्माले १९ तथा आशिष झाले १० रन बनाए। धमलाले आशिषसंग ६२ रनको ओपनिंग साझेदारी गरे। खडक वारियर्सका बलर राहुल मण्डलले ३, गोमानंद अमात्य र रोबिन सिंहले २/२ तथा अरनिको यादवले १ विकेट लिए। 

यसअघि टस जितेर ब्याटिंग गरेको खडक वारियर्सले २० ओभरमा ३ विकेटको क्षतीमा २०० रन बनाएको थियो। उसको लागि ओपनर मिनास थापाले सर्वाधिक ९३ रनको योगदान दिए। जुन क्रममा उनले ६७ बलमा १३ चौका र ३ छक्का प्रहार गरे। यस्तै राहुल मण्डलले ३९, अविनाश कर्णले २९ तथा अरनिको यादवले २३ रन योगदान दिए। मिनासले अविनाशसंग ८३ रनको ओपनिंग  तथा राहुलसंग ७५ रनको साझेदारी गरे।
तिलाठी कोइलाडीका बलर भुवन कार्की, सुनिल धमला र अविशेक कार्कीले १÷१ विकेट लिए।

प्रतियोगिताअन्तर्गत शनिबार पनि दुईवटा खेल हुनेछन्। दिनको पहिलो खेलमा विहान ९ बजे राजविराज ब्रदर्श र टिभीएस किंग्स तथा दोश्रो खेलमा दिउँसो १ बजे तिलाठी कोइलाडी र राजविराज द किंगबीच प्रतिस्पर्धा हुनेछ।