१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ११ शुक्रबार
  • Sunday, 07 July, 2024
२o७८ चैत ११ शुक्रबार o९:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ११ शुक्रबार o९:o२:oo

आन्दोलित  विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए, क्याम्पससमेत तोडफोड गरे

अनलाइन फारम भरेका सात विद्यार्थीले प्रवेशपत्र नआउँदा परीक्षा दिन नपाउने भएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका सबै विद्यार्थी आन्दोलित भएका छन् । बैंकमा पैसा जम्मा गरेर परीक्षाको अनलाइन फारम भर्दा पनि प्रवेशपत्र नआएपछि सात विद्यार्थी बिहीबारबाट सुरु हुने परीक्षामा सहभागी हुन नपाउने स्थिति बनेको थियो । 

त्यसपछि आन्दोलित बनेका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए भने क्याम्पससमेत तोडफोड गरे । स्थिति असहज बनेपछि क्याम्पसले डिफल्ड एडमिट कार्डको व्यवस्था गरी ती सात विद्यार्थीलाई पनि बिहीबारको परीक्षामा सहभागी हुन दिएको छ । क्याम्पस प्रमुख ओमप्रकाश ढकालले सातजना विद्यार्थीको समस्या देखिएकाले समस्या समाधान गर्न डिन कार्यालयमा पहल भइरहेको बताए । क्याम्पसमा परीक्षा दिने पाँच सय विद्यार्थी नै आन्दोलनमा उत्रिएपछि क्याम्पस प्रशासनले बिहीबारै आन्दोलित विद्यार्थीहरूसँग लिखित सहमति गरेको छ । 

क्याम्पस नै तहसनहस हुने स्थिति आएपछि डिफल्ड एडमिट कार्डबाट परीक्षा लिने र डिन कार्यालयमा परीक्षालाई मान्यता दिलाउन पहल गर्ने गरी लिखित सम्झौता गरिएको तथा सबै विद्यार्थीलाई बिहीबारको परीक्षामा सहभागी गराइएको प्रमुख ढकालले बताए । ‘एडमिट कार्ड डिन कार्यालयले वितरण गर्ने भएकाले त्यसका लागि डिन शशिधर जोशी र परीक्षा सहायक डिन ज्ञानबहादुर थापालाई विद्यार्थीहरूले तिरेको बैंक भौचरसहित पठाएको छु,’ ढकालले भने, ‘उनीहरूको भविष्यको सवाल छ । डिन कार्यालय र हामी विद्यार्थीहरूकै काम गर्न जागिर खाएकाले समस्या समाधान गर्नुपर्छ ।’ 

इन्जिनियरिङ अध्ययन संस्थान (आइओएम)को नियमअनुसार यो वर्ष परीक्षा दिन नपाएका विद्यार्थीको एक वर्ष खेर जान्छ भने अर्को वर्ष पनि सिट खाली भए मात्र पढ्न पाउँछन् । फर्म छुटेको विषयमा क्याम्पसले कुनै सूचना नगर्दा आफूहरू अन्यायमा परेको कम्प्युटर तेस्रो वर्षमा अध्ययनरत ऋषभ आचार्यले बताए । 

ad
ad
ad
ad