Skip This
महन्थ ठाकुरको गुनासो– निर्णायक क्षणमा बाहिर राखियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २६ बुधबार १७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महन्थ ठाकुरको गुनासो– निर्णायक क्षणमा बाहिर राखियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:५४:oo

लोसपा अध्यक्ष महन्थ ठाकुरले सांस्कृतिक रूपले निर्णायक क्षणमा आफूहरूलाई बाहिर राखिएको गुनासो गरेका छन् । मधेस आन्दोलनमा उठाइएको मुद्दा केही सम्बोधन भएको र केही बाँकी रहेको अवस्थामा आफूहरूलाई बाहिर राख्ने काम भएको उनले बताए । 

संघर्ष गरेरै पीडितको मुद्दा सम्बोधन गराउने उनको जिकिर छ । लोसपा केन्द्रीय सचिवालयले वीरगन्जमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले विभिन्न किसिमको मुद्दा लगाइएका नेताहरू अदालतमा तारिख धाइरहेको, केही नेता तथा कार्यकर्ता जेलमा रहेको बताए ।

उनीहरूको न्यायका लागि संघर्षको विकल्प नभएको ठाकुरले जोड दिए । उनले मधेस आन्दोलनको क्रममा लगाइएको मुद्दा फिर्ता लिन र नागरिकताको समस्या समाधानका लागि पहल गर्न सरकारसँग आग्रह गरे । 

कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसमा शोषण उत्पीडनमा परेका जनताको लागि पार्टी गठन भएको दाबी गरे । उनले आवश्यकताको आधारमा चुनावी तालमेल गर्न सकिने पनि बताए । 

ad
ad