नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने नयाँ आकांक्षीहरूको लोकप्रियतालाई हेर्ने भएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिलाई टिकट दिनका लागि भने पहिलेको कार्यकालको कार्यसम्पादनलाई आधार मान्ने भएको छ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ उम्मेदवार हुन चाहनेको लोकप्रियता र बहालवाला जनप्रतिनिधिको सम्बन्धमा कार्यसम्पादनलाई आधार मानेर निर्णय हुने बताए। उम्मेदवार छनाेटका सम्बन्धमा औपचारिक निर्णय भने भइसकेको छैन।
‘उम्मेदवार छनाेटका सम्बन्धमा औपचारिक निर्णय भइसकेको छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘निर्णय नभए पनि उम्मेदवार हुन चाहनेको लोकप्रियता र बहालवाला जनप्रतिनिधिको सम्बन्धमा कार्यसम्पादनलाई आधार मानेर छनाेट गरिन्छ।’