नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ नियुक्त भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ को निर्णयअनुसार उनीहरूलाई नियुक्त गरेका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) अनुसार सभापति देउवाले उनीहरूलाई नियुक्त गरेका हुन्। तदर्थ कार्यसमितिले स्थानीय तह,प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ।