१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ९ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ९ बुधबार o६:१३:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२० हजार चार सय प्रहरी एकैपटक बढुवा हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ९ बुधबार o६:१३:oo

नेपाल प्रहरीमा २० हजार चार सय १९ प्रहरीको एकैपटक बढुवा हुने भएको छ । प्रहरी प्रधान कार्यालयले दुई महिनाअघि थपिएका पद वरिष्ठ नायव निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवाको अन्तिम तयारी गरेको हो ।

एक हजार चार सय १८ सइको वरिष्ठ सइ, तीन हजार सात सय ४८ हवल्दारको वरिष्ठ हवल्दार तथा १५ हजार दुई सय ५३ जना जवानको सहायक हवल्दारमा बढुवा हुने भएको छ । प्रहरीले कार्यसम्पादनसमेत हेरेर बढुवाको प्रयास गरेकोमा करिब ६० हजार कर्मचारीको कार्यसम्पादनको हिसाबकिताब गर्दा धेरै समय लाग्ने र समस्यासमेत हुने भएपछि प्रहरी नियमावली संशोधन गरी हालकै ज्येष्ठता कायम हुने गरी बढुवा गर्न लागिएको छ ।

त्यसका लागि मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावली संशोधन गरी नयाँ पदमा एकपटकका लागि ज्येष्ठतालाई मात्र आधार बनाएर बढुवा गर्ने प्रावधान राखिएको छ । संशोधित नियावली राजपत्रमा प्रकाशित भएलगत्तै नयाँ पदमा बढुवा गरिने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । 

एकैपटक ठूलो संख्यामा बढुवा हुँदा यसले प्रहरीको मनोबल बढ्ने प्रहरी अधिकारीहरू बताउँछन् । तल्लो तहमा १५ वर्षसम्म एउटै पदमा काम गर्नुपर्ने समस्याको समाधान गर्न यसरी हालकै दरबन्दीबाट नयाँ पदहरू थपिएका हुन् । प्रहरी प्रधान कार्यालयले १६ वर्षमा पेन्सनको व्यवस्था पनि लागू गर्न लबिङ गर्दै आएको छ ।