१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७८ चैत ८ मंगलबार १९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बुटवलमा कृषि मेलामा ५० स्टल रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार १९:o७:oo

बुटवलमा हुन लागेको कृषि मेला–२०७८ को तयारी पूरा भएको छ । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा १० देखि १४ चैतसम्म बुटवलमा गर्न लागिएको मेलाको तयारी पूरा भएको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । 

‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको मेलाको बिहीबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गर्ने तय भएको छ । संघले सञ्चालन गर्न लागेको यो दशौँ संस्करणको कृषि मेला हो ।

२०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघले २०४१ सालमा काठमाडौं उपत्यकाबाहिर पहिलोपटक बुटवलमा औद्योगिक व्यापार मेला गरेको थियो भने २०६२ सालदेखि विशिष्टीकृत कृषि मेलाको सुरुवात गरेको थियो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा कृषि मेला कार्यसम्पादन समितिका संयोजक उज्ज्वलप्रसाद कसजूले नेपालको कुल जनसंख्याको ६६ प्रतिशत कृषि पेसामा आश्रित भए पनि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान ३६ प्रतिशत मात्रै रहेको बताए । कृषिमा व्यावसायिक विकास गरी कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टीकृत कृषि मेला आयोजना गरिएको बताए । 

रोजगारीमा समेत कृषि क्षेत्रको उल्लेखनीय योगदान भए पनि उत्पादन एवं उत्पादकत्व ज्यादै न्यून रहेको उनको भनाइ छ । कृषि क्षेत्रमा रहेको सम्भावनालाई उजागर गर्न, थप लगानी भित्र्याउन तथा कृषिमा आधुनिकीकरण र प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेला फलदायी हुने विश्वास गरिएको संघले जनाएको छ ।

५ दिनसम्म सञ्चालन गरिने मेलामा कृषिमा अत्याधुनिक प्रविधि (जस्तैः धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेसिन, थोपा सिँचाइ, हाइड्रोपोनिक्स, मौरी पालन, जैविक मल आदि)को प्रदर्शनी गरिने संघले बताएको छ।

ad
ad
ad
ad