१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ७ सोमबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ७ सोमबार १५:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक १८ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ७ सोमबार १५:५१:oo

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक १८ अंकले बढेको छ। पछिल्लो दुई सातादेखि निरन्तर रूपमा ओरालो लाग्दै आएको नेप्से सोमबार १८.०७ अंकले वृद्धि भएर दुई हजार ६ सय ३४.६५ बिन्दुमा पुगेको छ। त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि १.९२ अंकले बढेको छ।

सोमबार कारोबारमा आएका दुई सय ३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता सेयर दुई अर्ब ५९ करोड २७ लाख १८ हजार एक सय ३१ रुपैयाँबराबरको कारोबार भएको छ। नेप्सेका १३ उपसमूहमध्ये सोमबार ११ उपसमूहको सूचकमा वृद्धि भएको छ भने बाँकी दुईवटा उपसमूहको सूचकमा गिरावट आएको छ। आज अन्य उपसमूह र होटेल तथा पर्यटन उपसमूहको सूचक क्रमशः १.९ र ०.४३ प्रतिशतले गिरावट आएको छ।

त्यस्तै, विकास बैंकको उपसमूहको परिसूचक सबैभन्दा बढी २.९५ प्रतिशतले बढेको छ। जलविद्युत् र फाइनान्स उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढीले बढेको छ। त्यस्तै, व्यापार, जीवन बिमा र लगानी उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले बढेको छ।

आज इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, ङादी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल र कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य बढेको छ। यता नेपाल टेलिकमको सेयरमूल्य भने सर्वाधिक २.९७ प्रतिशत घटेको छ।