मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ५ शनिबार
  • Wednesday, 18 December, 2024
२o७८ चैत ५ शनिबार १८:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

होम स्टे महासंघ प्रदेश १ मा गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ५ शनिबार १८:३९:oo

होम स्टे महासंघ नेपाल प्रदेश १ को दोस्रो अधिवेशनले संखुवासभाका विनोद सुब्बा गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन गरेको छ । धरानमा शनिबार भएको अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा इलामकी लीलादेवी भट्टराई, सचिवमा धनकुटाका त्रिलोचन घिमिरे र कोषाध्यक्षमा इलामका रुद्र घिमिरे चयन भएका छन् । 

धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा १४ वटै जिल्लामा सञ्चालित होम-स्टे सञ्चालकहरूको प्रतिनिधित्व रहेको थियो । अध्यक्ष गुरुङका अनुसार प्रदेश १ मा ६७ वटा सामुदायिक र १३ वटा निजी गरी  ८० वटा होम स्टे रहेका छन् । 

प्रदेश १ मा होम स्टे सेवा प्रभावकारी बन्दै गएको सरोकारवालाहरू बताउँछन् । धनकुटाको नाम्जे होम स्टे, इलामको श्रीअन्तु होम स्टेहरूमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ ।