मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ५ शनिबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ५ शनिबार o८:२३:oo
Read Time : < 1 मिनेट
अर्थ

कोभिडपछि विदेशमा पहिलो पर्यटन प्रचार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ५ शनिबार o८:२३:oo

कोभिड महामारीपछि विदेशी मुलुकमा नेपाली पर्यटनको पहिलोपटक प्रचार–प्रसार गरिएको छ । भारतको मुम्बईमा ३० फागुनदेखि २ चैतसम्म आयोजित ‘आउट वाउन्ड ट्राभल मार्ट’मा पर्यटन बोर्डसहित पर्यटनसँग सम्बन्धित १७ निजी कम्पनीले पेभिलियन राखेर नेपाली पर्यटनको प्रचार–प्रसार गरेका हुन् । 

मुम्बईको बोम्बे एक्जिबेसन सेन्टरमा आयोजित ट्राभल मार्टमा नेपालसहित २० देशबाट ६ सयभन्दा बढी प्रदर्शकको सहभागिता रहेको थियो । ट्राभल मार्ट आयोजक मुलुक भारतका २९ भन्दा बढी राज्यबाट पर्यटन व्यवसायीहरूको बाक्लो सहभागिता थियो । नेपाल भ्रमणमा आउने सबैभन्दा धेरै पर्यटक भारतीय नागरिक हुने गर्छन् । भारतबाट धार्मिक, साहसिक र सांस्कृतिक पर्यटक नेपाल भ्रमणमा आउने गर्छन् । ती पर्यटकलाई लक्षित गरेर ट्राभल मार्टमा प्रचार–प्रसार गरिएको पर्यटन बोर्डले जनाएको छ ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भारतको दिल्ली, मुम्बई र बैंग्लोरमा सीधा उडान गर्दै आइरहेको छ । कोभिडका कारण रोकिएको मुम्बई र बैंग्लोर उडान पनि एयर बबल सम्झौता खारेज भएसँगै अब नियमित हुने निगमले बताएको छ ।