मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ४ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ४ शुक्रबार १६:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिँचाइमा खपत हुने विद्युत् निःशुल्क बनाउँछु : मन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ४ शुक्रबार १६:२८:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत् निःशुल्क बनाउने घोषणा गरेकी छिन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो घोषणा गरेकी हुन्।

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउन आफूले सिँचाइमा खपत हुने विद्युत् निःशुल्क बनाउने लक्ष्य लिएको पनि उनले स्पष्ट पारिन्। गत मंसिर १ गतेबाट सिँचाइमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउन आफू लागिपरेको बताइन्।

मन्त्री भुसालले नेपालमा उत्पादित हुने वस्तुहरू आयात नगर्न व्यवसायीहरूलाई पटकपटक आग्रह गर्दै नाफा हुन्छ भन्दैमा प्लास्टिकका फूलहरू आयात गर्ने काम व्यवसायीहरूले गर्न नहुने बताइन्।

‘नाफा हुन्छ भनेर जे पनि व्यवसाय नगरौँ भनेर म विशेष ढंगले आग्रह गर्न चाहन्छु। हामी धेरै कुरा गर्छौँ। धेरै कुरा माग्छौँ । तर कमसेकम व्यवसाय पनि त्यस्तो गरौँ, जसले राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्‍याउँछ। हाम्रो देशभित्र हुने कुराचाहिँ आयात नगरौँ,’ उनले भनिन्, ‘अहिले साढे दुई खर्बको वार्षिक रूपमा खाद्यान्न, तरकारी र फलफूल आयात हुन्छ। त्यसलाई रोक्नका लागि कृषिमा आत्मनिर्भर बनौँ । त्यसैका लागि मैले मंसिर १ गतेबाट सिँचाइमा खपतमा हुने विद्युतको मूल्य ५० प्रतिशत घटाएकी छु। मेरो उद्देश्य त्यसलाई निःशुल्क बनाउनेछ।’