मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ४ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ४ शुक्रबार १३:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इसिमोडको फोटो प्रतियोगितामा नेपालका श्रेष्ठलाई दोस्रो पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ४ शुक्रबार १३:२२:oo

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले आयोजना गरेको फोटो प्रतियोगितामा नेपाली फोटो पत्रकार सुशील श्रेष्ठले दोस्रो पुरस्कार प्राप्त गरेका छन्। ‘इकोसिस्टम रिस्टोरेसन इन द हिन्दुकुस हिमालय’मा श्रेष्ठले दोस्रो पुरस्कारबापत तीन सय डलरबराबरको पुरस्कार जितेका हुन्।

त्यस्तै, प्रतियोगिताको तेस्रो पुरस्कार पनि नेपालकै रोहित गिरीले प्राप्त गरेका छन्। प्रतियोगितामा भारतका कचो आमिर खान प्रथम भएका छन्। प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तानका एक सय ८८ फोटो पत्रकारले भाग लिएका थिए।

श्रेष्ठको रामसार क्षेत्रअन्तर्गत पर्ने कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको सीमसार क्षेत्र संरक्षणमा चराहरूको प्रजातिको भूमिकाबारेको तस्बिर छनोट भएको थियो।