१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, १२ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:१४:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। हेटौँडाबाट भरतपुरतर्फ जाँदै गरेको बा.४ख ४४५४ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान मनहरी गाउँपालिका– ६ सुनाचरीमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मृत्यु हुनेमा बसका सहचालक नुवाकोट तारकेश्वर गाउँपालिका– ४ का २२ वर्षीय सुवास श्रेष्ठ र यात्रु २९ वर्षीय शम्भु दराई मगर रहेका छन्। दुर्घटनामा घाइते १२ जनालाई उपचारका लागि चितवन पठाइएको थापाले जानकारी दिए।

ad
ad