१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कलाकार शर्मा प्यारासुट स्याम्पुको ब्रान्ड एम्बेस्डर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:३४:oo

प्यारासुट नेचुरल  स्याम्पुले कलाकार आँचल शर्मा दवाडीलाई नयाँ क्याम्पेनका लागि ब्रान्ड एम्बेस्डरमा अनुबन्ध गरेको छ । कम्पनीले प्यारासुट ब्रान्डका सम्पूर्ण स्याम्पुका रेन्ज प्रचार गर्ने गरी शर्मालाई अनुबन्ध गरेको हो । 

प्राकृतिक गुणद्वारा तयार पारिएको प्यारासुट नेचुरल  स्याम्पुले कपाललाई नियमित रूपमा रेशमी, चम्किलो र बलियो राख्न मद्दत गर्ने कम्पनीको दाबी छ । उत्पादनलाई प्रचार गर्नुअघि शर्माले स्याम्पु प्रयोग गरी प्रभावकारी पाएपछि अनबन्धित भएको कम्पनीको दाबी छ ।  

प्यारासुट नेचुरल प्राकृतिक प्याराबेन फ्री स्याम्पु भएको र तीन भेरियन्टमा उपलब्ध रहेको जनाइएको छ । प्रत्येक भेरियन्टमा नरिवलको दूध प्रोटिनको गुण समावेश भएकाले कपाललाई जरासम्म पोषण प्रदान गर्न र बलियो बनाउनका लागि उपयुक्त मानिने जनाइएको छ ।

स्याम्पुको प्रत्येक भेरियन्टमा विशेष प्राकृतिक गुण पाइने हुनाले कपाललाई रेशमी र मोस्चराइज गर्नका लागि एलोभेराको गुण समावेश गरिएको कम्पनीले जनाएको छ । एन्टिहेयर फल भेरियन्टमा हिनाको प्राकृतिक गुण भएकाले कपाललाई बाक्लो बनाउन मद्दत गर्ने र ड्यामेज रिपेयर भेरियन्टमा भएको हिबिस्कसले कपाललाई नरम बनाउने कम्पनीले जनाएको छ । 

ad
ad