१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिमेन्ट प्रयोग गरेपछि विवादमा परेको कमलपोखरीको पुनर्निर्माण कार्य सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:o८:oo

विवादका बीच पुनर्निर्माण थालिएको कमलपोखरीको पुनर्निर्माण कार्य सकिएको छ। पुनर्निर्माण कार्य सकिएलगत्तै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पोखरीको उद्घाटन गरेका छन्। महानगरका अनुसार पोखरी पुनर्निर्माणमा करिब ६ करोड ४० लाख बजेट खर्च भएको छ। 

यो पोखरी वास्तुशास्त्रमा आधारित पोखरी हो। पोखरीको प्रवेशद्वारलाई नेपाली शैलीमा निर्माण गरिएको छ। पोखरीमा नेपाली इँटा र दर्शनढुंगाको प्रयोग गरिएको छ। आसपासका संरचनामा मौलिक शैली अपनाइएको छ। 

पोखरीको क्षेत्रमा ९ वटा चैत्य र पाँचवटा मकरधारा छन्। उद्घाटन गर्दै मेयर विद्यासुन्दर शाक्यले पहिले दुर्गन्धित अवस्थामा रहेको पोखरीलाई सफा र सुन्दर पारिएको बताए। ‘उपत्यकाका ऐतिहासिक क्षेत्रमध्येको अर्को महत्वपूर्ण क्षेत्र यो पोखरी पनि हो, यसमा हामीले मौलिकता ख्याल गरेर पुनर्निर्माण गरेका छौँ,’ उनले भने, ‘अब यस क्षेत्र आसपासका मानिसले साँझपख स्वस्थ हावा र हरियालीको मनोरञ्जन लिन पनि पाउँछन्, यसले वातावरणमा पनि राम्रो गर्छ।’

यो पोखरीको पुनर्निर्माण कार्य भने एक वर्षअघि नै सकिनुपर्ने थियो तर कोरोना संक्रमण र निर्माण कार्यमा ठेकेदारले सिमेन्ट, ढुंगालगायत कंक्रिटको प्रयोग गरेपछि केही समय विवादको भुमरीमा पनि परेको थियो। यो पोखरी करिब २३ रोपनी क्षेत्रफलमा रहेको छ। 

पोखरीको मौलिकता नभत्कने गरी पुनर्निर्माण गरिएको महानगरले जनाएको छ। पुनर्निर्माण सकिएपछि पोखरी हेर्दै मनोरम र मौलिक देखिएको छ।
 

ad
ad