मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २ बुधबार १७:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यकर्तालाई प्रचण्डको आग्रह : गठबन्धनको भरमा चुनाव जित्ने भ्रम निकालौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २ बुधबार १७:oo:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन ‘लाइफ एन्ड डेथ’ भएको बताएका छन्। माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेको निर्वाचनलाई सामान्य चुनावको रूपमा मात्र नलिएर‘ब्याटल’ को रूपमा बुझ्न निर्देशन दिए।

‘लाइडमा जाँदा हामी कसरी जान्थ्यौँ त्यसैगरी यो निर्वाचनमा जान जरुरी छ,’ उनले भने, ‘यो निर्वाचन सामान्य हुनेछैन।’ माओवादीलाई स्थानीय तह र अबका निर्वाचनमा परास्त गर्न धेरै शक्तिहरू लागेको उनको टिप्पणी थियो। दुईदलीय प्रणालीमा जाने बहस त्यसैको रूपमा प्रस्तुत भएको उनको भनाइ छ।

गठबन्धनको भरमा चुनाव जित्ने भ्रम निकाल्न उनले कार्यकर्तालाई आग्रह गरे। ‘गठबन्धनको भरमा निर्वाचन जितौँला भन्ने भ्रम दिमागबाट आजै निकालिदिनुस्,’ उनले भने, ‘आफ्नो तागत र आफ्नै बलमा चुनाब लडौँ। जसरी पनि चुनाब जित्ने गरेर अघि बढौँ।’

पहिलो संविधानसभामा जनयुद्धको रापतापसहित निर्वाचनमा जाँदा सफलता प्राप्त भएको उनले स्मरण गरे। त्यस्तै जोसका साथ निर्वाचनमा होमिन कार्यकर्तालाई प्रचण्डको निर्देशन छ। ‘आक्रामक ढंगले प्रस्तुत हुन सकियो भने निर्वाचनमा सफलता प्राप्त गर्न सकिन्छ,’ प्रचण्डले भने, ‘हामी सेटिङ मिलाउन जान्दैनौँ तर सेटिङ मिलाउनेको सातो लैजान जान्दछौँ।’ संसद विघटनविरुद्धको आन्दोलनको सफलताले उर्जा दिएको उनले बताए। 

उनले अबका दुई महिना सम्पूर्ण तागत निर्वाचनलाई लगाउन आग्रह गरे। उनले जनतासँग लुज भएको सम्बन्धलाई सुदृढीकरण गर्ने गरी गाउँगाउँ जान निर्देशन दिए। 

‘आजभोलि हामी सहिद परिवारको घरकटेरा जान खोज्छौंँ। घाइते अपांग साथीहरूलाई सकेसम्म भेट्न नपरे हुन्थ्यो भन्ने पनि देखियो ,’ उनले भने, ‘त्यसो नगरौँ। त्यस्तो गर्ने छुट हमीलाई छैन।’

जनताको सेवा गर्नेभन्दा पनि आफ्नै सेवा गर्नेतर्फ केन्द्रित हुनु दुर्भाग्य भएको उनको भनाइ छ। आत्मसमीक्षासहित चुनावमा जान उनले आग्रह गरे। देशभर प्रशिक्षणको क्रममा रिपोर्ट लिँदा पार्टी कतै कमजोर नभएको देखिएको उनको भनाइ छ।