मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत २ बुधबार १३:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको निर्देशन– एक सदस्यले कम्तीमा ५० मतदाता रिझाउनू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत २ बुधबार १३:२४:oo

नेपाली कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत टोल कार्यसमितिका सदस्यलाई कम्तीमा ५० मतदातालाई रिझाउनुपर्ने जिम्मेवारी तोकेको छ। कांग्रेस केन्द्रीय कार्यालयले ६ हजार सात सय ४३ वटै वडा कार्यसमितिलाई परिपत्र गरी यस्तो निर्देशन दिएको हो। 

परिपत्रमा टोल कार्यसमितिका प्रत्येक सदस्यले प्रतिदिन कम्तीमा १० घर र ५० जनासँग नियमित भेटघाट गर्नुपर्ने र सुखदुःखमा सामेल हुनुपर्ने गरी जिम्मेवारी तोकिएको छ। ‘टोल कार्यसमितिका सदस्यलाई निश्चित घर (१० वटा घर) या मतदाता संख्या (५० मतदाता) बाँडफाँड गरी ती मतदातासँग नियमित भेटघाट गर्ने, दुःखसुखमा सामेल हुनेलगायतको जिम्मेवारी दिने’ वडा कार्यसमितिका सभापतिलाई सम्बोधन गर्दै परिपत्रमा भनिएको छ।

परिपत्रमा वडा कार्यसमितिलाई निर्वाचनकेन्द्रित रणनीति तर्जुमा गर्न सहज हुने गरी टोल कार्यसमितिले आफ्नो क्षेत्रभित्रका कांग्रेस सदस्यहरूको विवरण, दाताको विवरण,नयाँ मतदाताको अद्यावधिक विवरण संकलन गर्न घरदैलोमा पुग्ने, समस्या सुन्ने, संवाद गर्नेलगायतका जिम्मेवारी तोकेको छ।

त्यस्तै, परिपत्रमा मनोनीत गर्नुपर्ने पदहरूमा अविलम्ब मनोनयन गरी जिम्मेवारी तोक्न र कार्यसमितिका सदस्यहरूलाई विधानअनुसार भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ।