१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २ बुधबार
  • Friday, 05 July, 2024
करण ताम्राकार डडेल्धुरा
२o७८ चैत २ बुधबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

डडेल्धुरामा गोली लागेर एकजनाको मृत्यु, चारजना नियन्त्रणमा          

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
नयाँ पत्रिका
२o७८ चैत २ बुधबार १२:३५:oo

डडेल्धुरामा गोली लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार राति गन्यापधुरा गाउँपालिका– ५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावरको सिकार गर्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा– ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका पानको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ   । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अन्य चारजनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । नियन्त्रणमा लिइएकाहरूको परिचय भने प्रहरीले खुलाएको छैन ।

ad
ad
ad
ad