१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ चैत २ बुधबार १०:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनुमतिविना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

Read Time : < 1 मिनेट
२०७८ चैत २ बुधबार १०:३३:००

अनुमतिविना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अस्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् । 

प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका– १ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो ।  उनले कानुनविपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गर्दै आएका थिए । प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले विनाअनुमति प्याराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

जेल्नरसँग अस्ट्रियामा प्याराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ भने नेपालका लागि अनुमति नरहेको भारतीले बताए ।  मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई आवश्यक कारबाहीका लागि आज नागरिक उड्डयन कार्यालय, धनगढी पठाइएको छ ।  रासस