१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २ बुधबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २ बुधबार o६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

चितवनमा कृषि कर्जा मेला आयोजना हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २ बुधबार o६:२८:oo

चितवनको भरतपुरमा पहिलोपटक ९ चैतदेखि कृषि कर्जा मेला आयोजना हुने भएको छ । आर एन्ड डी इन्नोभेसन सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले आयोजना गर्ने मेला एसियामै पहिलोपटक हुन लागेको आयोजकले जनाएको छ ।

मेलाले बैंकहरूलाई कृषि कर्जा विस्तार गर्न सहयोग पुर्‍याउने, नीति–निर्माता, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक र कृषकहरूको उपस्थितिमा संवाद एवं कार्यशाला सञ्चालन हुनेछ । नबिल र कृषि विकास बैंकको मुख्य प्रायोजनमा आयोजना हुन लागेको मेलामा एक लाख कृषक सहभागी हुने अपेक्षा गरिएको छ । 

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले अबका सन्तानले कृषिमा लगानी गर्ने तथा किसान बन्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । कृषि कर्जा मेलाको सहयोगमा बैंकर्स एसोसिएसन, शिखर इन्स्योरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स नेपाल रहेका छन् । 

ad
ad
ad
ad