१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सन्तोषी श्रेष्ठ, म्याराथन धावक
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २ बुधबार ०७:०७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पढाइसँगै दौडमा पनि अब्बल सन्तोषी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २ बुधबार ०७:०७:००

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा सन्तोषी श्रेष्ठले १० हजार मिटरमा स्वर्ण जितेकी थिइन् । रोमाञ्चकपूर्ण दौडमा सन्तोषीले भारतीय प्रतिस्पर्धीलाई केवल मिलिसेकेन्डले पछि पार्दै स्वर्णपदक जितेकी थिइन् । नेपाली एथ्लेटिक्समा साग खेलकुदमा पहिलोपटक महिला खेलाडीले स्वर्ण जितेको यो नै पहिलो थियो । सागमा मात्र नभएर उनी अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो महिला धाविक बनिन् । सागको सफलताबाट चर्चाको शिखरमा पुगेकी सन्तोषीले आफ्नो विधालाई एक पछि गर्दै फराकिलो बनाउँदै लगेकी छिन् । १४ वर्षअघि सन्तोषीलाई व्यवसायिक खेलाडी बन्छु जस्तो लागेको थिएन ।

 ०७३ मा पूर्वाञ्चलमा आयोजित सातौँ राष्ट्रिय खेलकुदमा सन्तोषीले पहिलोपटक राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाइन् । धादिङ ज्वालामुखीकी सन्तोषीले सातौँ राष्ट्रिय खेलकुदपछि आफूलाई निरन्तरता तिखार्दै लगेकी छिन् । १३औँ साग उनको करिअरकै टर्निङ प्वाइन्ट हो ।  सन्तोषीको अक्सर भन्छिन्, ‘आँट गर्ने हो भने नसकिने केही पनि छैन ।’ यस वर्ष उनले आफूलाई लामो दूरीमा अब्बल खेलाडीका रूपमा प्रस्तुत गरिन् । 

नेपालगन्ज म्याराथन, रन फर प्रोटिन र प्रधानसेनापति आफ म्याराथनमा सन्तोषीलाई अरूलाई शीर्ष स्थानमा आउन नै दिइनन् । उनले यस वर्ष सहभागिता जनाएको तीनवटै हाफ म्याराथनको उपाधि जितिन् । रन फर प्रोटिनमा हाफ म्याराथनको दूरी एक घन्टा १४ मिनेट १४ सेकेन्डमा पूरा गरी राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । यो विधामा कान्छीमाया कोजुले एक घन्टा १८ मिनेट २८ सेकेन्डको राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । 

सन्तोषीले १३औँ सागदेखि २०७८ को प्रधानसेनापति हाफ म्याराथनसम्म भाग लिएका सबै १० प्रतियोगितामा स्वर्ण जितेकी छन् । लामो दूरीमा प्रवेश गरेको चाहिँ यही वर्षदेखि हो । पहिलो सहभागितामै नेपालगन्जमा उनले हाफ म्याराथन उपाधि जितेकी हुन् । जनप्रशासनमा स्नातकोत्तर गरेकी सन्तोषी खेल र अध्ययनलाई सँगसँगै अगाडि बढाउने सीमित खेलाडीमा पर्छिन् । उनले खेलकुदमा लागेपछि पढ्न नसकिने मान्यतालाई उनले चिर्न सफल भएकी छिन् । यसमा उनी गर्व गर्छिन् । अझ, विभागीय टोलीमा आबद्ध खेलाडी बाहेक अन्य खेलाडीले म्याराथनमा उपाधि जित्ने नसकिने अवधारणासमेत उनले तोडेकी छिन् । 

०७१ देखि व्यावसायिक करिअर सुरु गरेकी सन्तोषीलाई विभागीय टोलीबाट थुप्रै प्रस्ताव नआएको होइन । उनले ती सबै अफर’हरू लत्याएकी छिन् । आहार, स्वास्थ्य र जनस्वास्थ्य पोषणमा पनि पोेस्ट ग्राजुएसन डिप्लोमा गरिरहेकी सन्तोषीलाई अध्ययनबाट सिकेका ज्ञानलाई खेलकुदमा लगानी गर्ने धोको छ । १३औँ सागयता उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर पाएकी छैनन् । तर, सन्तोषीले आफूलाई नेपाली खेलकुदमा छुटाउनै नहुने नामका रूपमा स्थापित गरेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने एनएसजेएफ स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस अवार्डमा उनी मनोनीत भएकी छिन् । 

८ चैतमा हुने अवार्डको पिपल्स च्वाइस विधामा सन्तोषीसँगै क्रिकेटका कुशल भुर्तेल, टेबलटेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलकी एन्जिला तुम्बापो सुब्बा मनोनयनमा परेका छन् । सन्तोषी अघिल्लो वर्ष पल्सर स्पोर्टस् अवार्डकै स्पेसल अवार्ड विजेता खेलाडीसमेत हुन् ।