१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १ मंगलबार १७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक १७ अंकले गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १ मंगलबार १७:२६:oo

पछिल्लो तीन दिन वृद्धि भएको सेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार गिरावट आएको छ। मंगलबार नेप्से १७.१५ अंकले घटेर दुई हजार ६५०.९७ बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि ७.२६ अंक घटेको छ।

आज कारोबारमा आएका २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर तीन अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार हुने १० ठूला कम्पनीमध्ये ९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाले नेप्से परिसूचकमा करेक्सन आएको हो।

नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। होटेल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ३.१६ प्रतिशत बढेको छ। जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

मंगलबार कारोबारमा आएकामध्ये इमर्जिङ नेपालको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै सगरमाथा इन्स्योरेन्स र सोल्टी होटेलको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा धेरैले बढेको छ। आज नेपाल टेलिकमको सेयरमूल्य भने ५.१३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज ३४ करोड २३ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रह्यो। अपी पावर, नेपाल लाइफ इन्स्योरेन्सको १० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

ad
ad
ad
ad