१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३० सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ३० सोमबार १९:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बी डिभिजन लिग : टुसाल विजयी, झम्सिखेल र नयाँबस्ती बराबरीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ३० सोमबार १९:४२:oo

राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्बले दोस्रो जित निकाल्दा अर्को खेलमा झम्सिखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा टुसाल युथ क्लबले खुमलटार युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दा झम्सिखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

टुसालले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गर्दा ३६ औँ मिनेटमा खुमलटारका रमेश थापाले आत्मघाती गोल गरेपछि टुसालले अग्रताको मौका पाएको थियो । ८३औँ मिनेटमा दीपकुमार लामाले गोल गर्दै टुसालको अग्रता दोब्बर बनाउँदा जिलेस्पीजंग कार्कीले ८९औँ मिनेटमा गोल गर्दै टुसालको जित सुनिश्चित गरे ।

जितसँगै टुसालले ५ खेलबाट दोस्रो जित निकाल्न सफल भएको छ । सोमबारको नतिजासँगै टुसालले ६ अंक जोडेको छ । यता ५ खेल खेलेको खुमलटारको यो तेस्रो पराजय हो । खुमलटारले दुई खेल जित्दै ६ अंक जोडेको छ ।

अर्को खेलमा झम्सिखेल र नयाँ बस्तीले १–१ को बराबरी खेलेर अंक बाँडेका हुन्। झम्सिखेलका लागि संजय रम्तेल तथा नयाँबस्तीका लागि सुमन योङ्ग्याले गोल गरे । खेलको १४औँ मिनेटमा सुमनले गोल गर्दै नयाँबस्तीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, १८औँ मिनेटमा झम्सिखेलका संजय रम्तेलले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

बराबरीसँगै नयाँबस्तीले ५ खेलबाट ७ अंक जोड्दै तालिकाको चौथो स्थानमा यथावत रहेको छ । झम्सिखेलले ५ खेलबाट ६ अंक जोडेको छ ।