मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ३० सोमबार १७:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खुर्सानीको धुलो छर्केर सुन र नगद लुटपाट गरेको आरोपमा दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ३० सोमबार १७:१५:००

खुर्सानीको धुलो छर्केर सुन र नगद लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। फागुन २५ गते राति चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन पसलका सञ्चालक अमोल भोस्लेको साथबाट सुन तथा नगद लुटिएको थियो। 

उनी सवार स्कुटी रोकेर एक समूहले चुच्चेपाटीमा आँखामा खुर्सानीको धुलो छर्की, कुटपिट गरी सुन तथा नगद राखिएको झोला लुटेको थियो।

प्रहरीले लुटपाटको आरोपमा दाङ सौडियार गाउँपालिका ६ का महेश विश्‍वकर्मा र दाङ घोराही उपमहानगरपालिका ८ रतनपुरका राजेन्द्र सिनलाई पक्राउ गरेको हो। प्रहरीले सौडियारको साथबाट एक थान मोटरसाइकल र छैसठ्ठी हजार नगद र विश्वकर्माको साथबाट मोटरसाइकल, एक लाख नगद र २६१ ग्राम सुन बरामद गरेको छ।

भारत महाराष्ट्रका भोस्लेले चाबहिलमा सुन पसल चलाउँदै आएका थिए। भोस्लेको साथबाट १२ लाख नगद र ४२ तोला सुन लुटिएको थियो। उनीहरूलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४४ को ‘डाका गर्न नहुने’ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दिन - ५ को म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।