१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३० सोमबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ३० सोमबार o८:१५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अम्बे स्टिल्सलाई एक महिनाभित्र ३५ मेगावाट विद्युत् दिइने

क्षमता विस्तारका लागि उद्योगद्वारा थप २७ मेगावाट माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ३० सोमबार o८:१५:oo

नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगन्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत् दिने भएको छ । प्राधिकरणले अहिले स्टिल्स उद्योगलाई करिब आठ मेगावाट विद्युत् उपलब्ध गराइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको हो ।

प्राधिकरणले उद्योगसम्म विद्युत् पुर्‍याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिनाभित्रमा माग गरिएको विद्युत् दिन लागेको हो । उद्योगसम्म विद्युत् पुर्‍याउनका लागि कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत् आपूर्ति लिनका लागि आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखाना क्षमता विस्तारको काम अन्तिम चरणमा पुर्‍याएको छ ।   

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार स्थलगत अवलोकन भ्रमण गरी नेपालगन्ज तथा कोललपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगहरूलाई विद्युत् आपूर्ति दिन निर्माण गर्नुपर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ । टोलीले नेपालगन्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत् खपत गर्ने अम्बे स्टिल्सको भ्रमण गरी एक महिनाभित्र विद्युत् आपूर्ति लिने गरी गर्नुपर्ने पूर्वतयारीका सम्पूर्ण काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ । 

‘विद्युत् खपत बढाउन उद्योगहरूलाई मागेजति विद्युत् दिइरहेका छौँ, औद्योगिक करिडोरमा विद्युत् खपत बढाउन नयाँ पूर्वाधारको निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रूपमा अगाडि बढाइएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने । अम्बे स्टिल्सले विद्युत् जडानका लागि आफ्ना पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ, उद्योगले आवश्यक तयारी पूरा गर्नासाथ विद्युत् आपूर्ति दिन सकिने घिसिङको भनाइ छ । 

अम्बे स्टिल्स सञ्चालित क्षेत्रमा अन्य उद्योग पनि खुल्ने र त्यो क्षेत्र औद्योगिक करिडोरका रूपमा विकास हुन लागेकाले त्यस ठाउँमा एक सय ३२ केभीको सबस्टेसन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ । त्यसका लागि एसियाली विकास बैंकसँग सहुलियतपूर्ण ऋण सम्झौता भइसकेको छ ।  अहिले रहेको पूर्व–पश्चिम एक सय ३२ केभी प्रसारण लाइनबाट करिब १० किलोमिटर चार सर्किट एक सय ३२ केभी लाइन बनाएर एक सय ३२ केभीको सबस्टेसनमार्फत आगामी दिनमा उद्योगहरूलाई विद्युत् आपूर्ति दिइनेछ ।