१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Wednesday, 03 July, 2024
२o७८ फाल्गुण २८ शनिबार १२:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नयाँ सहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छ : मन्त्री झाँक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार १२:२६:oo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ सहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छिन्। समाजवादी संगठन नेपाल कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताएकी हुन्। 

मन्त्री झाँक्रीले सरकारको एक्लो प्रयासले मात्र नयाँ सहर निर्माण हुन नसक्ने बताउँदै नयाँ सहर निर्माणका लागि निजी क्षेत्रलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिइन्। 'पछिल्लोपटक ग्रामीण क्षेत्रबाट सहरमा बसाइँसराइ हुनेक्रम बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण सहरीकरणको विकासलाई प्राथमिकता दिनुपर्दछ', उनले भनिन्, 'ग्रामीण सहरीकरणले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने भएकाले दीर्घकालीन नीति बनाएर अघि बढ्ने तयारी सरकारको छ।'

मन्त्री झाँक्रीले सरकारले घोषणा गरेका नयाँ सहर निर्माणका लागि आवश्यक बजेटको अभाव हुँदा कामले गति लिन नसकेको उल्लेख गर्दै विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिइन्। उनले प्राथमिकताका आधारमा आयोजना छनोट गर्नुपर्ने र असीमित आवश्यकतालाई सीमित साधनस्रोतले पूरा गर्ने परिपाटी बसाल्नुपर्ने बताइन्। उनले भनिन्, 'आयोजना स्वचालित ढंगले नभई आवश्यकता र प्राथमिकीकरणका आधारमा छनोट हुने प्रणाली स्थापना गर्नु जरुरी छ।' रासस

ad
ad
ad
ad