१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी सीमावर्ती क्षेत्रमा निर्माण भएको सडक 
मोहन विष्ट कञ्चनपुर
२o८१ असार १९ बुधबार १३:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गड्डाचौकीको सीमावर्ती सडक कालोपत्रे भएसँगै यात्रुलाई सहज

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १३:४६:oo

कञ्चनपुरको पश्चिम नाका गड्डाचौकीस्थित सीमावर्ती सडक कालोपत्रे गरिएको छ । भीमदत्त नगरपालिका– ११ गड्डाचौकीमा सीमावर्ती सडक कालोपत्रे गरिएको हो । ७ नम्बर सीमा पिल्लरदेखि पूर्वतिर नेपालतर्फ कालोपत्रे सडक निर्माण गरिएको भीमदत्त नगरपालिका– ११ का वडाध्यक्ष प्रकाश थापाले बताए । वडाध्यक्ष थापाले भीनपा– ११ कै मागअनुरूप सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट दिएको बताए । 

भारतीय पक्षले पश्चिमदेखि पूर्वतिर ७ नम्बर सीमा पिल्लरसम्मै यसअघि कालोपत्रे गरिसकेको थियो । उनले भने, ‘अहिले हामी नेपाल पक्षले पनि सीमा पिल्लरदेखि पूर्व ६ लेन सडकसम्मै कालोपत्रे गरेका छौँ ।’ सीमा पिल्लरदेखि ६ लेन सडकसम्म झन्डै तीन सय मिटर सडक कालोपत्रे गरिएको वडाध्यक्ष थापाले बताए ।

भारतीय पक्षले आफ्नोतर्फ धमाधम सडक निर्माण गर्ने, तर नेपालतर्फ कालोपत्रे मात्रै नभई सामान्य सडक मर्मत गर्दासमेत अवरोध गर्दै आएको थियो । पूर्वाधार विकास कार्यालय कञ्चनपुरमार्फत चालू आर्थिक वर्षमा खगेन्द्र एन्ड सिंह बिल्डर प्रालिले २३ लाखमा उक्त तीन सय मिटर सडक कालोपत्रेको ठेक्का पाएको थियो । 

सडक कालोपत्रे भएसँगै नेपाल–भारत दुवै देशका यात्रुहरूलाई सहज भएको छ । यसअघि नेपालतर्फ कच्ची सडक हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो । सडक कालोपत्रेसँगै यात्रुहरूलाई सहज भएको छ । 

ad
ad
ad
ad