मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण २७ शुक्रबार २१:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखामा अवैध रूपमा जडीबुटी ओसारपसारमा संलग्न एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार २१:o३:oo

अवैध रूपमा जडीबुटी ओसारपसार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एकजना पुरुषलाई पक्राउ गरेको छ । धार्चे गाउँपालिका वडा २ रुन्चेतका ४६ वर्षीय बुद्धराम गुरुङलाई बिहीबार  पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

अवैध रूपमा चिराइतो र अल्लो जातको जडीबुटी संकलन गरेर बिक्रीका लागि लैजाँदै गरेका उनलाई माछाखोलाबाट पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

केरौजाबाट काठमाडौं बेच्न लैजाँदै गरेको जडीबुटी प्रहरीले फेला पारेको हो । उनका साथबाट चिराइतो जातको जडीबुटी पाँच बोरा र अल्लो जातको जडीबुटी १४ बोरा बरामद गरिएको  अधिकारीले बताए । जडीबुटी गाउँका स्थानीहरूबाट संकलन गरी ल्याएको र डिभिजन वन कार्यालय गोरखाबाट कानुनअनुसार छुट पुर्जी (अनुमति) समेत नलिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ  परेका गुरुङलाई थप अनुसन्धानका लागि आइतबार डिभिजन वन कार्यालय गोरखामा पठाइने प्रहरीले जनाएको छ ।